दार्चुला: दार्चुला, लेकम गाउँपालिका वडा नम्बर ४, जोगी भण्डारमा हिजो राति जंगली सुगुर र दुम्सीको उपद्रोले किसानहरूको उखुबाली नष्ट भएको छ। खेतीमा निर्भर यहाँका किसानहरूको मुख्य आम्दानीको स्रोत रहेको उखुबाली जंगली जनावरले खाइदिँदा ठूलो क्षति पुगेको छ।

किसान प्रकाश ओझाले महिनौँ लगाएर लगाएको उखुबाली रातभरमा जंगली जनावरले नष्ट गरेको बताए। उनका अनुसार, यस्ता घटना बारम्बार दोहोरिए पनि यसको समाधानका लागि कुनै प्रभावकारी कदम चालिएको छैन। “हाम्रो मेहनत र लगानी बालीनालीसँगै नष्ट हुँदा हामी आर्थिक संकटमा पर्ने अवस्था छ,” ओझाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय