दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ स्थित ऐरीछाना सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा डाक्टर अभावका कारण स्थानीयले तालाबन्दी गरेका छन्।

पछिल्लो दुई महिनादेखि स्वास्थ्य इकाईमा डाक्टर नहुँदा सामान्य स्वास्थ्य उपचारका लागि समेत अन्यत्र धाउनुपर्ने बाध्यता रहेको भन्दै स्थानीयहरूले विरोधस्वरूप आइतबार तालाबन्दी गरेका हुन्।

स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भोगिरहेका स्थानीयहरूले स्वास्थ्य इकाईमा तत्काल डाक्टर पठाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। “गाउँमै स्वास्थ्य इकाई भए पनि डाक्टर नहुँदा उपचारको लागि टाढा जानुपर्ने बाध्यता छ,” स्थानीय हरिश धामीले बताए।

स्थानीयहरूको तालाबन्दीपछि समस्या समाधान गर्न प्रशासन र सम्बन्धित निकायको ध्यान आकृष्ट गराउने उद्देश्य रहेको बताइएको छ। डाक्टरको स्थायी व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि स्थानीयले दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय