दार्चुला: जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलाको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने ६ सवारी साधनलाई कारबाही गरेको छ।
जिल्लाका विभिन्न सडक खण्डमा गरिएको चेकजाँचमा सिट क्षमताभन्दा बढी यात्रु बोकेका भाडाका ४ सवारी साधन र अन्य नियम उल्लङ्घन गर्ने थप २ सवारी साधन पक्राउ परेका हुन्। यात्रुको सुरक्षामा जोखिम बढ्ने खालका गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सवारी चेकजाँचलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ।

