वैतडी, मंसिर ०२ ।  जिल्लाको पुर्चौडी नगरपालिका–३ को साफे, न्वाला–गन्ना सडकको आज वडा नम्बर ३ का वडा अध्यक्ष दले धामीले एक कार्यक्रममा बिच शिलान्यास गर्नु भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुदुरपश्चिम प्रदेश गौरबको योजना अन्तर्गत डिपीआर तयार गरिएको सडकको वडा अध्यक्ष धामीले शिलान्यास गर्नु भएको स्थानिय धनबहादुर धामीले जानाकारी दिनुभयो ।
पुर्चौडी नगरपालिकाको केन्द्र हाट खडिखेतबाट नगरपालिकाको वडा नम्बर ३ साफे सम्मको १२ किलोमिटर सडकको ट्याक नगरपालिकाकाले यस अघिनै निर्माण गरिसकेको वडा अध्यक्ष धामीले बताउनुभयो । ढोल्यामोड, हाट–गन्ना सडक खण्ड अन्तर्गत साफेबाट १० किलोमिटर सडकको ट्याक खोल्ने काम आजबाट सुरु गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिकाको चालु आिर्थक वर्ष २०७८÷०७९ को वार्षिक बजेट र कार्यक्रम अनुसार साफे, न्वाला–गन्ना सडकको निर्माण गरिन लागेको अध्यक्ष धामीको भनाई छ । सडक निर्माणका लागि नगरपालिकाले वडालाई ३ महिना सम्मका लागि मेसिन र ईन्धन उपलब्ध गराएको बताइएको छ ।
साफेबाट न्वाला हुदै डिलाशैनी गाउँपालिकाको वडा नम्बर २ सेला सम्म सडकको ट्याक खोल्ने गरी निर्माण कार्यमा तिब्रता दिइने जनाइएको छ । वडा अध्यक्ष धामीले सडकको सिलान्यास गरे सँगै त्यहाँका स्थानिय यातायातको पहुच सम्म पुगेको भन्दै खुसी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय