दार्चुला: लेकम गाउँपालिका वडा नं. ५ मैखोली अम्कुरमा आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालन भएको ल्युडेत–अम्कुर हुँदै इर्खाली खानेपानी योजना अपूर्ण अवस्थामै रोकिएको र बजेट दुरुपयोग भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, र उपाध्यक्षलाई ज्ञापनपत्र पेस गरिएको छ।

ज्ञापनपत्रमा योजनासम्बन्धी विभिन्न अनियमितताबारे प्रश्न उठाइएको छ। मुख्यतः योजना सम्पन्न नगरी पास गरिनुको कारण, स्टिमेटअनुसार काम नगर्नु, पानीको स्रोत सुनिश्चित नगरी बोलपत्र आह्वान गर्नु, र थप बजेट विनियोजन गर्दा पनि योजना सम्पन्न नभएको विषयमा स्पष्टिकरण माग गरिएको छ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले स्थलगत अनुगमन गर्दा मिथ्या सूचना दिन बाध्य पारिएको र अन्य योजनाको संरचना देखाउनुपरेको घटनाप्रति पनि प्रश्न उठाइएको छ। ज्ञापनपत्रमा कानुनअनुसार अनुगमनको जिम्मेवारी रहेको उपप्रमुखको भूमिकाबारे पनि चासो व्यक्त गरिएको छ।

ज्ञापनपत्र पेस गर्ने निवेदक कृष्‍णदेव जोशीले २ दिनभित्र चित्तबुझ्दो जवाफ दिन माग गर्दै, आवश्यक सुनवाइ नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय