लेकम गाउँपालिकामा मिति २०८१ मंसिर २६ गतेदेखि २९ गतेसम्म सार्वजनिक खरिद र सुशासनसम्बन्धी चारदिने तालिम सञ्चालन भैरहेको छ। तालिममा वडा अध्यक्ष, वडा सचिव, गाउँपालिकाका सम्पूर्ण शाखाका कर्मचारीहरू, तथा लेकमभरिका स्वास्थ्य संस्थाका प्रमुखहरू सहभागी छन्।
तालिमको सहजीकरण सार्वजनिक खरिदसम्बन्धी विज्ञ दिनेश लम्साल र महेन्द्र खनालले गरिरहनुभएको छ। सूचना अधिकारी शेखर ओझाका अनुसार, यो तालिमले कर्मचारी र जनप्रतिनिधिहरूलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सक्षम बनाउने विश्वास गरिएको छ।
चार दिनसम्म सञ्चालन हुने यस तालिमले गाउँपालिकाको प्रशासनिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
