स्थानीय तहको संस्थागत विकासमा टेवा पुर्‍याउने तथा स्थानीय तहबाट प्रवाह हुने सेवाहरूलाई चुस्त, दुरुस्त र गुणस्तरीय बनाउन दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले टोल फ्री सेवा सञ्चालनमा ल्याएको छ। सेवाग्राहीहरूबाट सकारात्मक तथा सुधारात्मक सुझाव संकलन गरी सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर २८ गतेदेखि १८१०५००००८३ नम्बरको टोल फ्री सेवा सुरु गरिएको हो।

यस सेवामार्फत सेवाग्राहीहरूले गाउँपालिका र मातहतका कार्यालयहरूले प्रदान गरेका सेवाहरूमा कुनै गुनासो भएमा गुनासो टिपाउन र सुझाव दिन सक्नेछन्। यसले स्थानीय तहका सेवाहरूलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

अपिहिमाल गाउँपालिकाले सम्पूर्ण सेवाग्राही र स्थानीयलाई टोल फ्री नम्बरमा फोन गरी सुझाव तथा गुनासा राख्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय