बैतडी: बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित श्री लखैनाथ आधारभूत विद्यालयको ३१औं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिलासैनी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्ट (यदु) प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो।

कार्यक्रममा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष गणेश मान धामी र नेकपा एमालेका जुझारु नेता प्रजापति जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा विभिन्न समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक भानदेव जोशीले विद्यालयको वार्षिक कार्य योजना प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रमा गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धिका लागि विभिन्न योजनाहरू सार्वजनिक गर्नुभएको थियो। साथै, उहाँले विद्यालयको वार्षिक आर्थिक विवरण पनि प्रस्तुत गर्नुभयो, जसअनुसार:

आय: रू. 40,00,185.77

व्यय: रू. 38,53,058.80

बचत: रू. 1,47,126.97

कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय