डडेलधुरा – महाकाली यातायातका यात्रुहरूले बस सेवामा व्याप्त लापरवाहीका कारण असहज यात्राको सामना गर्नुपरेको गुनासो गरेका छन्। हरिश कार्कीले आफ्नो तीतो अनुभव सुनाउँदै महाकाली यातायातले यात्रुहरूको सुविधालाई बेवास्ता गरेको बताउनुभएको छ।

उहाँका अनुसार, हिजो बिहान ८ बजे महाकाली यातायातको ८८३१ नम्बरको बसमा यात्रा गर्न टिकट लिई १२ नम्बर सिटमा बसेपछि गाडी सिल्लेगडा पुग्दासम्म यात्रुहरू क्रमशः थपिँदै गए। यात्रुहरूको चापले गर्दा बसका सहायक (कन्डक्टर) ले उहाँलाई अन्तिम सिटमा सर्न आग्रह गरे। तर, सिल्लेगडामा अझ धेरै यात्रु चढेपछि कन्डक्टरले उहाँलाई अन्तिम सिटबाट समेत उठाएर ढोकानिर उभ्याइदिए।

“अगाडि सिट मिलाइदिन्छु” भन्ने आश्वासन पाउँदा पनि उहाँ सतबाँजसम्म ढोकामै उभिएर यात्रा गर्न बाध्य हुनुभयो। गाडीमा अत्यधिक यात्रु चढाउने, सिट अभावमा उभ्याएर यात्रा गराउनेजस्ता समस्याले यात्रुहरूलाई असहज मात्र नभई जोखिमयुक्त यात्रामा समेत बाध्य बनाएको उहाँको गुनासो छ।

थकाइ र असहजताको कारणले उहाँ सतबाँजमै ओर्लन बाध्य हुनुभयो। साथै, उहाँले सतबाँजसम्मको भाडा मात्र काटेर बाँकी रकम फिर्ता दिन महाकाली यातायातलाई आग्रह गर्नुभएको छ।

यस विषयमा महाकाली यातायातलाई थप बुझ्नका लागि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय