दार्चुला: जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला र यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडक खण्डमा सवारी साधन चेकजाँच गरेको छ। सो क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ भाडाका सवारीसाधनसहित ६ सवारी साधनलाई कारबाही गरिएको छ।
प्रहरीले सवारी सुरक्षाको मापदण्ड उल्लङ्घन गर्ने कुनै पनि सवारी साधनलाई कानुनी कारबाही गर्ने जनाएको छ। यस प्रकारका चेकजाँच अभियानलाई निरन्तरता दिने बताउँदै, यात्रु तथा सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिएकोछ।

