दार्चुला – दार्चुला जिल्लाको लेकम गाउँपालिका–४, रातामाटास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय मा लेकम ४रातामाटा मा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका चार सदनहरू लुम्बिनी सदन, महाकाली सदन, अन्नपूर्ण सदन, र सगरमाथा सदन बीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा सगरमाथा सदन ले पहिलो स्थान हासिल गर्न सफल भयो। महाकाली सदन दोस्रो स्थान हात पार्न सफल भयो भने लुम्बिनी सदन तेस्रो स्थान हात पार्न सफल भयो।

शिक्षक दुर्गादत्त पाठकले जानकारी दिँदै यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक क्षमता, सहकार्यको भावना, र प्रतिस्पर्धात्मक क्षमतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय