बैतडी-  बैतडीका विभिन्न गाउँ विकास समितिहरूमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका परमा धामीलाई डिलाशैनी गाउँपालिकाको आयोजनामा विदाई गरियो।

यस अवसरमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा लगायतका प्रमुख सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

विदाई समारोहमा, परमा धामीलाई मायाको चिनो प्रदान गर्दै उहाँको समर्पित सेवाको कदर गरिएको थियो। कार्यक्रममा प्रदिप जोशीले जानकारी गराउनुभएको छ कि उपस्थित सबैले प्रथाम धामीको कडा परिश्रम र योगदानको सम्मान गर्दै उहाँको भविष्यको सफलता कामना गरेका थिए।

यस प्रकार, डिलाशैनी गाउँपालिकाले परमा धामीलाई स्नेहपूर्वक विदाई गर्दै उहाँको योगदानलाई सम्झनामा सधैं जीवित राख्ने विश्वास व्यक्त गर्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय