दार्चुला: प्रगतिशील जोशी समाजको आर्थिक सहयोगमा दुर्गास्थान आधारभूत विद्यालय, खेतीमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण कार्यक्रम २०८१ मंसिर ७ गते सम्पन्न भएको छ।

कार्यक्रममा २२ जना विद्यार्थीलाई विद्यालय पोशाक सिलाई गरी हस्तान्तरण गरिएको हो। शिक्षक विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूको पठनपाठनमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

