दार्चुला: कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभामा नेपाल पत्रकार महासंघका पदाधिकारीलाई सम्मान प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ दार्चुलाका सहसचिव एवं प्रेस सेन्टर नेपाल, दार्चुला शाखाका अध्यक्ष हरि प्रसाद जोशीलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्।

पुस १३ गते पुनर्वासमा आयोजित कार्यक्रममा दाहालले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित पत्रकार महासंघका पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै सम्मान-पत्र प्रदान गरे।

हरि प्रसाद जोशी गत मंसिर २८ गते नेपाल पत्रकार महासंघ दार्चुलाको सहसचिवमा निर्वाचित भएका हुन्। उनी गतिशील न्यूजका संस्थापक तथा राष्ट्रिय टेलिभिजन न्युज २४ का दार्चुला संवाददाता हुन्। जोशीले पत्रकारितामा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय