दार्चुला: बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था पुनः गम्भीर बनेपछि उनलाई NICU (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेर उपचार गरिँदैछ। यसबारे एक अन्तर्वार्तामा सचिनका बुवाले जानकारी दिएका छन्।
सचिनका बुवाले छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले आफू निकै चिन्तित र भावुक रहेको बताए। उनले यसअघि सबैको सहयोगले सचिनलाई बचाउन सफल भएको स्मरण गर्दै यसपटक सहयोग माग्न नचाहेको बताए। “मैले सहयोग माग्दा धेरैले गाली गर्नुहुन्छ, त्यसैले अब म माग्दिन। तर, सचिनलाई माया गर्नेहरूले स्वतः सहयोग गरे जीवन बचाउन सकिएला भन्ने आशा छ,” उनले भने।
सचिनको उपचारका लागि थप सहयोग आवश्यक रहेको बताइएको छ। परिवारले सबैलाई सचिनको जीवन रक्षा अभियानमा साथ दिन आग्रह गरेको छ।
