दार्चुला: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उद्घाटन आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक गगनसिंह कार्कीको अध्यक्षता र गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष रामसिंह धामी र वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्रसिंह धामी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, खण्डेश्वरी प्रहरी चौकी प्रमुख रमेशनाथ, जिल्ला खेलकुद समिति कार्यालय प्रमुख श्यामराज अवस्थीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा गाउँपालिकाका चारवटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदको महत्व जागरूक गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय