दार्चुला: दार्चुला सदरमुकाम खलंगामा स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा पत्रकार र स्वास्थ्य सञ्चारकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जिल्लामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा स्वास्थ्य परीक्षण, उपचार, रोग न्यूनीकरणका प्रयासहरू, दार्चुलामा देखा परेका स्वास्थ्य समस्याहरू, जटिल रोगका बिरामीको विवरण, नियमित गर्भजाँच, र संस्थागत सुत्केरीको अवस्थाबारे चर्चा गरिएको थियो। सहभागीहरूले स्थानीय स्वास्थ्य सेवाका सुधारका सम्भावना र चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए।

