दार्चुला: अपिहिमाल गाउँपालिकाको अन्तरस्थानीय सरकार अनुभव आदानप्रदान र अध्ययन अवलोकन भ्रमणको उद्देश्य प्रमुख राजनीतिक दलका शिर्ष नेतृत्वलाई भेटेर पालिकाको सदरमुकाम खण्डेश्वरी सम्म सडक मार्गको निर्माणका लागि पहल गर्ने, साथै ३ नम्बर वडा विभाजन गरी थप वडा निर्माण र पालिका विद्युतीकरणका लागि पहल गर्ने पनि रहेको थियो।

उक्त भ्रमणको क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड ज्यु, साथै नेपाली काङ्ग्रेसका सभापति र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्युलाई भेटेर ज्ञापनपत्र बुझाइएको छ।

यद्यपि, सम्माननीय प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यु र विभागीय मन्त्रीहरूको कार्यव्यस्तता र समय अभावका कारण भेटघाट गर्न सकिएको छैन। तर सम्बन्धित निकाय र प्रतिनिधिहरु मार्फत ज्ञापन पत्र र अन्य पहल गरिएको जानकारी प्रदान गरिएको छ।

समग्रमा, पालिकाको समस्या समाधानका लागि प्रमुख दलका शिर्ष नेतृत्वले सकरात्मक प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय