दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरुका न्युणेत क्षेत्रका किसानहरू बाँदरको आक्रमणबाट चिन्तित छन्। स्थानीय किसान केशवराज जोशीका अनुसार, पोहोर साल गहुँबारीबाट एक दाना पनि भित्र्याउन सकेनन्, बाँदरहरूले सबै गहुँ सखाप पारे। यस वर्ष पनि बाँदरहरूले गहुँबारीमा क्षति पुर्‍याउन थालेका छन् र किसानहरू चिन्तामा परेका छन्।

जोशीले दुखेसो पोख्दै भने, “बाँदरलाई धपाउन जाँदाखेरि उनीहरू मान्छेको भन्दा माथि गएर ढुङ्गा फाल्छन्, झम्टिन आउँछन्। यसले गर्दा धपाउन जान पनि डर लाग्छ।” स्थानीय किसानहरूले बाँदरको बढ्दो आक्रमणका कारण गहुँ उत्पादनमा ठूलो क्षति हुने चिन्ता व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय