दार्चुला: वन्यजन्तुको स्वतन्त्र जीवन रक्षाको मान्यतालाई आत्मसात गर्दै शैल्यशिखर नगरपालिका-९, गाजरी गाउँमा देखापरेको घोरडलाई स्थानियको सक्रियतामा उद्दार गरी जङ्गलमा छोडिएको छ।

हिजो साँझ करिब ५ बजेतिर गाजरी गाउँमा पुगेको घोरडलाई देखेपछि स्थानियले आत्मरक्षाका क्रममा चमेलिया नदीतर्फ धकेलिएको थियो। घोरडले नदी तरेर डिलासैनीतर्फ आउँदै गर्दा बग्न लागेको अवस्थामा डिलासैनी-५, नागिनीका स्थानियले उद्दार गरी गोकुलेश्वर वडा कार्यालय, गोकुलेश्वर प्रहरी चौकी र रेन्ज पोस्टलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि प्रहरी प्रशासन, वडा कार्यालय, र रेन्ज पोस्टको टोली घटनास्थल पुगेर घोरडलाई नदी किनारबाट उद्दार गरी नजिकैको जङ्गलमा सुरक्षित रूपमा छोडिएको छ।

उद्दार कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण स्थानियवासी, प्रहरी प्रशासन, र रेन्ज पोस्टको टोलीलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय