कविता:भिन्न सोचका एकरूप मानिस

जन्म र मरण मानिसको मिल्छ तर सोच किन मिल्दैन ?

संसारमा मानिस सबै एउटै हुन्छन् तर भावना किन मिल्दैन ?

आकाश सबैको एउटै हुन्छ धरती सबैको एउटै हुन्छ तर सिमाना किन मिल्दैन ?

मानिस सबैको रगत एउटै हुन्छ तर मन किन मिल्दैन ?

सबैलाई दुख्ने घाउ एउटै हुन्छ तर पिडा किन मिल्दैन

माया गर्ने मन सबैको एउटै हुन्छ तर निभाउने तरिका किन मिल्दैन ?

आँखा सबैको एउटै हुन्छ तर हेर्न नजर किन मिल्दैन ।।।

अमित जोशी

महाकाली ४ दार्चुला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय