आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडक खण्डमा सवारी साधनको चेकजाँच गरेको छ।

चेकजाँचका क्रममा भाडाका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु बोकेका र आवश्यक कागजात नभएका १२ वटा सवारी साधनलाई कारबाही गरिएको छ।

प्रहरीले ट्राफिक नियम उल्लंघन नगर्न सवारी चालकलाई सचेत गराउँदै यस्ता गतिविधिमा कडाइ गर्ने जनाएको छ। साथै, यात्रुको सुरक्षाका लागि ट्राफिक नियमको पालनामा सबैले सहयोग गर्नुपर्ने पनि प्रहरीले आग्रह गरेको छ।

यस प्रकारका चेकजाँच आगामी दिनमा पनि निरन्तर गरिने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय