दार्चुला – मालिकार्जुन गाउँपालिका वडा नम्बर ३, भौतडीका ११ वर्षीय पुष्कर राम टमटा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
लटिनाथ आधारभूत विद्यालय चौडामा कक्षा ४ मा अध्ययनरत टमटा सोमबार बिहान घरबाट करिब २० मिटर माथि रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो।
मृतक बालकका बुवा चन्द्र राम टमटा रोजगारीको सिलसिलामा भारतमा रहेको र घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा बालकले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
