
धनगढी– नेकपा एमालेबाट कारबाहीमा परेपछि पूर्व प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले खुलेरै भीम रावलको मातृभुमी जागरण अभियानलाई समर्थन गर्ने भएका छन् ।
पार्टीले कारण नसोधी कारबाही गरेपछि उनले भीम रावलले खोल्ने पार्टीको सदस्यता लग्ने बताएका हुन् ।
‘म जस्तो एमालेको सच्चा कार्यकर्तालाई उहाँहरुले कारबाही गर्नुभयो । अब एउटा स्पष्टीकरणसम्म पनि सोध्नुभएन । भीम रावलको कुनै पनि कार्यक्रममा नजानु होला भन्ने कुनै पार्टीका कार्यकर्तालाई निर्देशन थिएन’ उनले भने –‘यी नेताहरु जसले नेकपा एमालेलाई तहसनहस गर्ने उद्देश्यका साथ नेकपा एमाले भएका छन् । उनीहरूको यो उचित चाल हो । अब यसमा उहाहरुले निर्णय गरिसक्नु भएको छ । म भिम रावलको मात्रभूमि नेपालमा समावेश हुने छु ।’
उनले मातृभूमि नेपालद्वारा समग्र नेपालको नेपाली दाजुभाई दिदीबहिनीहरूको सेवामा समर्पित हुने बताए ।