दार्चुला : २३ जनवरीमा हुने भारतको स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल तीन दिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत जोड्ने दार्चुलाको खलंगा झोलुङ्गे पुल तीन दिन बन्द हुन लागेको हो ।

मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारत पिथौरागढ जिल्लाको धारचुला तहशिलअन्तर्गत स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल बन्द गरिन लागेको जनाएको छ।

प्रशासनका अनुसार खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुल माघ ८ गते अप्राहन्न ५ बजेदेखि माघ १० गते मतदान प्रक्रिया समाप्त नभएसम्म (तद्नुसार दिनांक २१-०१-२०२५ साम ५ बजेदेखि दिनांक २३-०१-२०२५ सम्म) का लागि बन्द रहने छ। यहाँ धारचुला नगर पालिका परिषदको चुनाव हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय