दार्चुला । एच पि भी खोप अभियान २०८१ दुहु गाउँ पालिका स्तरीय सरोकार वलाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खोप समन्वय समिति सह-सयोजक एवम दुहु गाउँपालिका उपाध्यक्ष शान्ती बमको अध्यक्षतामा बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालनका लागि अहिले पालिका भरी आवश्यक सम्पुर्ण तयारी भइरहेको दुहु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दर्पान सिह कुवरले जानकारी दिए ।
यहि माघ २२ गते देखि २५ गते सम्म १० बर्स देखि १४ बर्स उमेर समुहका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाइ यो खोप लगाइन लागेको उनले बताए ।
दुहुगाउँ पालिका भित्रका ४३७ किशोरी बिधालय जाने र २ जना बिधालय बाहिरका गरि ४३९ किशोरी लाई खोप दिइन लागेको स्वास्थ शाखा प्रमुख कुवरले जानकारी दिए ।
खोप लगाइसकेपछि किशोरीमा सामान्य खोप लगाएको ठाउमा दुख्ने, ज्वरो आउने, चिलाउने जस्ता लक्षणहरु देखिन सक्ने भएकोले किशोरीहरुलाइ नडराउन भ्याक्सिन सव स्टोर प्रमुख प्रेम सिह धामी आग्रह गर्नु भएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । विद्यालय जाने किशोरीलाई विद्यालयमै र विद्यालय नजाने किशोरीलाई स्वास्थ्यकेन्द्रमा खोप लगाइने सयोजक कुवरले बताए ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना अर्थात् औसत दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको देखिएको छ । ‘एचपिभी खोप किशोरीलाई एक मात्रा दिइने छ ।
त्यस्तै जिल्लाभरी ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने अनुमान गरिएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत जिल्लाभरीका ९ हजार बढी किशोरीहरुलाई खोप लगाइने तयारी गरिएको छ ।
