दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम श्री भवानी माध्यमिक विद्यालय, सौगन्नाको प्राङ्गणमा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका वडा नम्बर ५ भित्र सञ्चालन भएका सम्पूर्ण विद्यालयहरूको सहभागिता रहेको थियो। आधारभूत तह (कक्षा १-५) का विद्यार्थीहरूलाई लक्षित गरी हिसाब दौड प्रतियोगिता, स्पेलिङ कन्टेस्ट, र नेपाली हिज्जे लेखन प्रतियोगिता सञ्चालन गरिएका थिए।

हिसाब दौड प्रतियोगितामा श्री डाँडाबाग आधारभूत विद्यालय लुम्थीकी प्रतीक्षा टमटा प्रथम, श्री चौलानी आधारभूत विद्यालय तल्लोफेरका सुभम धामी द्वितीय र श्री भवानी माध्यमिक विद्यालय सौगन्नाका उत्तम धामी तृतीय भएका छन्। स्पेलिङ कन्टेस्टमा श्री भवानी माध्यमिक विद्यालय सौगन्नाकी आर्जु ठगुन्ना प्रथम, श्री डाँडाबाग आधारभूत विद्यालय लुम्थीका दिवाकर महरा द्वितीय र श्री चौलानी आधारभूत विद्यालय तल्लोफेरका सुभम धामी तृतीय भएका छन्। नेपाली हिज्जे लेखन प्रतियोगितामा श्री डाँडाबाग आधारभूत विद्यालय लुम्थीका राकेश ठगुन्ना प्रथम, अपेक्षा धामी द्वितीय र श्री भवानी माध्यमिक विद्यालय सौगन्नाका निशान्त ठगुन्ना तृतीय भएका छन्।

कार्यक्रममा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न सहयोग गर्नुका साथै प्रतिस्पर्धात्मक भावना विकास गर्ने र सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास गरिएको अपि हिमाल गाउँ पालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय