दार्चुला । बाजुरामा आगलागी हुँदा झण्डै आठ लाखको क्षति भएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ बिच्छया बस्ने गौरी मलालको घरमा बिहीबार साँझ आगलागी भएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आगलागीबाट घरभित्र रहेका दुई तोला सुन, नगद, लत्ताकपडा, भाँडा, खाद्यान्न लगायतका सामान जलेर सात लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय