दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माघ २६ गते बाट सुरुभएको पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी छ।

प्रतियोगिताको दोस्रो दिनसम्मको खेल हरुको नतिजा अनुसार लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाता ५ स्वर्ण २ रजत र २ कास्य गरि नै पदक सहित अग्र स्थानमा रहेको छ

शनिबार र आइतबारका खेल सम्पन्न हुँदा सम्म ५ स्वर्ण २ रजत र २ कास्य गरि कुल ९ वटा पदक सहित लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाता अग्र स्थानमा रहेको खेलस्थलबाट सहकर्मी नरेश प्रसाद जोशीले जानकारी दिनु भयो।

त्यस्तै ४ स्वर्ण ३ रजत र ३ कास्य गरि कुल १० पदक सहित कृष्ण माध्यमिक विद्यालय लाली दोस्रो स्थानमा रहेको छ, भने २ स्वर्ण र १ कास्य गरि कुल ३ पदक सहित रहेको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ तृतीय स्थानमा रहेको छ खेल स्थल बाट नरेश प्रसाद जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय