दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा श्री महादेव माध्यमिक विद्यालय, घुसामा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूमा सिर्जनात्मक क्षमता विकास गर्न तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत गणितीय दौड, अंग्रेजी हिज्जे प्रतियोगिता तथा नेपाली हिज्जे लेखन प्रतियोगिता सञ्चालन गरियो। गणितीय दौड प्रतियोगितामा श्री सिद्धनाथ आधारभूत विद्यालय, दैभातका आयोग धामी प्रथम, श्री महादेव माध्यमिक विद्यालय, घुसाका खुसी धामी द्वितीय तथा श्री अपिनम्पा आधारभूत विद्यालय, लिथी पाटुका दिवस लोथ्याल तृतीय भए। अंग्रेजी हिज्जे प्रतियोगितामा श्री महादेव माध्यमिक विद्यालय, घुसा प्रथम, श्री सिद्धनाथ आधारभूत विद्यालय, दैभात द्वितीय तथा श्री अपिनम्पा आधारभूत विद्यालय, लिथी पाटु तृतीय भए। नेपाली हिज्जे लेखन प्रतियोगितामा श्री महादेव माध्यमिक विद्यालय, घुसाका राजन धामी प्रथम, श्री सिद्धनाथ आधारभूत विद्यालय, दैभातकी माया जागरी द्वितीय तथा श्री महादेव माध्यमिक विद्यालय, घुसाकी मोनिका धामी तृतीय स्थान हासिल गर्न सफल भए।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विरेन्द्र सिंह साउदको अध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष राम सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय