
दार्चुला: अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला समिति, दार्चुलाको आयोजनामा फागुन ५ गते ‘सामाजिक समस्या र समाधानका लागि स्थानीय सरकारको भूमिका’ विषयक वादविवाद प्रतियोगिता सञ्चालन हुने भएको छ।
माध्यमिक तह (कक्षा ९-१२) स्तरीय विद्यार्थीहरुबीच हुने प्रतियोगिता श्री हुनैनाथ मावि, रातामाटामा बिहान ११ बजे सुरु हुनेछ। प्रतियोगितामा लेकम गाउँपालिका भित्रका सम्पूर्ण माध्यमिक विद्यालयलाई उपस्थित हुन अनुरोध गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार विवरण:
✅ प्रथम: प्रमाणपत्र + नगद १५०० रुपैयाँ
✅ द्वितीय: प्रमाणपत्र + नगद १००० रुपैयाँ
✅ तृतीय: प्रमाणपत्र + नगद ५०० रुपैयाँ
संपर्क व्यक्ति:
➡ दार्चुला जिल्ला इन्चार्ज: भुवन सी
📞 फोन नं.: ९८४४५८२६७५
नोट: प्रतियोगितामा सहभागिताका लागि आवश्यक व्यवस्थापन विद्यालय वा स्वयं विद्यार्थीले गर्नुपर्नेछ।