
दार्चुला- दार्चुलाको नौगाड गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार बिदाको घोषणा गरेको हो।
गाउँपालिकाका अनुसार अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय, अन्तर्गतका कार्यालय, तथा शैक्षिक संस्थाहरु बन्द रहनेछन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित दलजीत सिंह धामीको कार्यकालमा नौगाड गाउँपालिकामा पहिलो पटक जनयुद्ध दिवसका दिन बिदा दिइएको हो।
यसैबीच, सर्वोच्च अदालतले देशभर जनयुद्ध दिवसको नाममा बिदा दिन नपर्ने आदेश दिएको छ। अदालतको आदेश र गाउँपालिकाको निर्णयबीच विरोधाभाष देखिए पनि स्थानीय तहमा यो निर्णयलाई कार्यान्वयनमा ल्याइएको छ।