मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

दार्चुलाका उच्च हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लामो समयदेखि हिउँदे वर्षा नहुँदा हिउँदे बालीमा व्यापक असर परेको छ।

मौसम बदली भएसँगै दार्चुला, बैतडीसहित सुदूरपश्चिमका पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताइएको छ। मौसम परिवर्तनले चिसो बढ्न सक्ने भएकाले सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय