दार्चुला: विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम (SHN) सम्बन्धी विद्यालय फोकल शिक्षक तथा नर्सहरुका लागि २ दिने पुनर्ताजगी तालिम आज देखि सञ्चालन भएको छ । पुनर्ताजगी तालिम अपि हिमाल गाउ पालिका शिक्षा शाखा प्रमुख बिरेन्द्र सिह साँउद अध्यक्ष्ातामा सञ्चालन भएको जसमा प्रमुख अतिथि पालिका अध्यक्ष भगत सिंह ठेकरे बोहरा रहनु भएको थियो भने अतिथिमा IDS नेपाल दार्चुलाका परियोजना संयोजक टेक बहादुर खड्का रहनु भएको थियो । उक्त २ दिने तालिम अन्तर्गत आजको कार्यक्रममा अपिहिमाल गाँउपालिका भरिका २२ वटा विद्यालयका २१ प्र.अ. तथा फोकल शिक्षकहरु, त्यसैगरी २ नर्स तथा अन्य संस्थामा कार्यरत कर्मचारी गरि ३५/३६ जनाको सहभागीता रहेको अपिहिमाल गाउ पालिका दिवा खाजा वितरक भकत सिह धामीले जानकारी दिनुभयो । आजको तालिममा स्वास्थ्य तथा पोषण सम्बन्धि सेसनहरु सञ्चालन भएका थिए । सेसनहरुमा सहजिकरण IDS नेपाल दार्चुलाका परियोजना संयोजक टेक बहादुर खड्का , पालिका शिक्षा शाखा प्रमुख बिरेन्द्र साँउद र प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । उक्त तालिमबाट धेरै कुरा सिक्न पाएको र आफुले सिकेका कुराहरु विद्यालयमा गएर शिक्षक तथा विद्यार्थी संग छलफल गरि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता सम्पूर्ण सहभागी विद्यालयका शिक्षक शिक्षिकाहरुले गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय