दार्चुला: दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४, हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाले सोमबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाका अध्यक्ष नरेश जोशीको अध्यक्षता र विद्यालयका शिक्षक दुर्गादत्त पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हकहित तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा पालिकाभरिका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा ऐडीबाग मावि मौखोलीका हेमाद्री जोशी प्रथम भएका छन्। यस्तै, हुनैनाथ मावि रातामाटाका अनुस जोशी दोस्रो तथा हुनैनाथ मावि कुणीका दिनेश जोशी तेस्रो स्थानमा रहेका छन्। विजयी विद्यार्थीहरूलाई क्रमशः १५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) दार्चुलाका इन्चार्ज भुवन सीले जानकारी दिएका छन्।

युनियनले जिल्लाभर रहेका ९ वटै स्थानीय तहमा यो कार्यक्रम आगामी चैत्र मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाएको इन्चार्ज भुवन सीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय