दार्चुला: दार्चुला जिल्ला, दुहुँ गाउँपालिका-३ का ४१ वर्षीय इन्द्रसिंह बोहराले चन्द्रसिंह बोहरा, गोपाल बोहरा र पदमसिंह बोहराको सात वटा खरको थुप्रोमा आगो लगाएका थिए। आगलागीका कारण खर राखिएको काठ, नजिक रहेका बोटबिरुवा र तरकारी बालीमा समेत क्षति पुगेको छ।
आगलागीबाट अन्दाजी ३ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।
इन्द्रसिंह बोहरालाई आगजनीको आरोपमा पक्राउ गरी ‘अपराधिक उपद्रव गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ। दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
