दार्चुला — दुहुँ गाउँपालिका–५ चल्लेगाडामा पहिलोपटक महाकाली यातायातको बस पुगेको छ। दार्चुला–तिंकर सडकअन्तर्गत पर्ने यो सडकखण्डमा बस सञ्चालन भएसँगै स्थानीयवासीलाई यातायातको सुविधा पुगेको छ।
सदरमुकाम खलंगाबाट १३ किलोमिटर उत्तरमा रहेको चल्लेगाडासम्म आज बस सफलतापूर्वक पुगेको हो। महाकाली बस व्यवसायी समिति कञ्चनपुरका सचिव देवराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश–०१–००२ ख १२६४ नम्बरको बसका चालक आनसिंह साउद र सुभास भट्टले बस चलाएका थिए। उनीहरूसँगै महाकाली यातायात दार्चुलाका बुकिङ क्लर्क लवराज अवस्थी र लोकेन्द्र बहादुर बम पनि बस यात्रामा सहभागी थिए।
बस पुग्नेबित्तिकै स्थानीयले चालक र टोलीलाई फूलमालाले स्वागत गरेका थिए।
