दार्चुला– जिल्ला सदरमुकाम खलंगामा रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवस मनाएको छ। सहकारीले २०६२ सालमा २६ सदस्यसँग मिलेर स्थापना भएको हो। यस अवसरमा संस्थाले छिप्लाकेदार मन्दिर परिसरको सरसफाई कार्यक्रम आयोजना गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीका अनुसार, अहिले सहकारीको ५ हजार १ सय सदस्य रहेका छन् र यो संस्थाले २६ करोडको कारोबार गर्दै ३० करोड पुग्ने लक्ष्य राखेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष किसन सिंह कुवरको अध्यक्षतामा संस्थापक सदस्य तथा अन्य कर्मचारीले मन्दिर परिसरको सरसफाई गरेका थिए।
