दार्चुला : दार्चुलामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । सोमवार साझँतिर जिल्लाको अपिहिमाल गाउँपालिका-६ मज्जे बस्ने ३६ वर्षीय बिक्रम सिंह धामीलाई बाघले आक्रमण गरि घाइते बनाएको हो ।

साँझतिर सेल्फु वनमा बाख्रा चराउन गएका धामीलाई बाघले आक्रमण गरेको स्थानीय सुरेश धामीले जानकारी दिए ।

उनका अनुसार धामीको हात र अनुहारमा चोट रहेको छ ।यस्तै बाघले एक बाख्रा खाएको छ भने एकलाई घाइते बनाएको स्थानीयले बताएका छन् ।

बाघले घाइते बनाएका धामीको आधारभूत अस्पताल मार्मा लटिनाथमा उपचार भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय