दार्चुला: जिल्लाको शैल्यशिखर नगरपालिका–९, बस्कोटस्थित चमेलिया नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
मंगलबार बिहान लेकम गाउँपालिका–२, गराडी (दमाई गाउँ) निवासी ३८ वर्षीय दिपक दमाई मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार दमाईको शव नदी किनारमा फेला परेको हो।
हाल घटनास्थलमा प्रहरी टोली पुगेको छ र आवश्यक अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
