दार्चुला: जिल्लाको महाकाली नगरपालिका-४, खलंगामा प्रभु बैंकले आफ्नो ३१२औँ शाखा विस्तार गरेको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शाखाको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, व्यापारिक केन्द्र अधिकृतलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार खलंगा शाखामार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ-संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास गरिएको छ।
यस शाखाको सञ्चालनसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका सबै ७७ जिल्लामा विस्तार भएको छ।
