धनगढी- सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रका लागि अतुलनीय योगदान पु¥याउनु भएका प्रा. डा. हेमराज पन्तज्युको जन्मदिन शिक्षा र संस्कारको संङ्गम चैतन्य पाठशालामा विशेष कार्यक्रमका बीच मनाइएको छ। शिक्षा क्षेत्रका एक अग्रज व्यक्तित्व प्रा. डा. पन्तले आफ्नो जीवनभर शैक्षिक विकासमा समर्पित भई, क्षेत्रिय र राष्ट्रिय स्तरमै महत्वपूर्ण भूमिका निभाएका छन्।

उहाँ प्राध्यापनसँगै देश तथा विदेशका विभिन्न कलेज र विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू अध्ययन, अनुसन्धान, अवलोकन तथा सहभागिता जनाउँदै आफ्नो अनुभवलाई नेपाली शिक्षाको सुधार र विस्तारमा उपयोग गर्दै आउनु भएको छ।

सुदूरपश्चिमको शैक्षिक विकासका मेरुदण्डको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसको स्थापनामा प्रा. डा. पन्तले नेतृत्वदायी भूमिका निभाएका थिए। उक्त क्याम्पसमा २२ वर्ष सम्म क्याम्पस प्रमुखका रूपमा सेवा प्रदान गरेका पन्तले सुदूर पश्चिमाञ्चल विश्वविद्यालय (हाल सुदूरपश्चिम विश्वविद्यालय) स्थापनाका लागि समेत महत्वपूर्ण योगदान पुर्याएका थिए। सो विश्वविद्यालयका पहिलो रजिष्ट्रारको जिम्मेवारी सम्हाल्दै विश्वविद्यालयको आधार निर्माणमा उहाँले खेलेको भूमिका स्मरणीय छ।

हाल चैतन्य पाठशालाका प्रमुख सल्लाहकारका रूपमा समेत रहनुभएका प्रा. डा. पन्तको जन्मदिनलाई चैतन्य पाठशालाले सनातन बैधिक विधि अनुसार विशेष कार्यक्रम आयोजना गरी मनाएको हो। कार्यक्रममा शिक्षा, समाजसेवा, राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उहाँलाई मायाको चिनो प्रदान गर्दै उहाँको शैक्षिक योगदानको चर्चा गर्दै चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधी ओझाले सुदूरपश्चिमको शैक्षिक इतिहासमा उहाँले पुर्याएको योगदान सधैं स्मरणीय रहने बताउनु भयो ।

शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरणमा प्रा. डा. पन्तको भूमिकालाई आगामी पुस्ताले समेत अनुकरण गर्ने खालको भएको पाठशालाका अध्यक्ष तथा चैतन्य ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताउनु भयो ।

कार्यक्रम चैतन्य पाठशालाका प्राचार्य, शिक्षक, विद्यार्थी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा बिभाग प्रमुख नैनसिंह महर, नेपाल प्राज्ञिक बिद्यार्थी परिषदका केन्द्रीय सदस्य मणिराज चौलागाई, प्राज्ञिक बिद्यार्थी परिषद सुदूरपश्चिम प्रदेश सचिव प्रेम वोहरा, बरिष्ठ साहित्यकार तथा शिक्षाविद प्राध्यापक डा. बद्री शर्मा बिनाडी र बिभिन्न क्षेत्रका ब्याक्तित्व हरुको उपस्थितिमा मनाईएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महरले चैतन्य पाठशाला सुदूरश्चिमको मात्रै न भएर अहिले समग्र देशको लागि अनुकरणिय बिद्यालयको रुपमा रहेको कुरा व्यक्त गर्नुभयो । चैतन्यले गरेको नवीनतम अभ्यास तथा सामाजिक शैक्षिक साझेदारी सामज रुपान्तरणको लागि मार्ग दर्शक रहेको कुरा समेत उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय