दार्चुला – आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दार्चुलाका तीन प्रमुख विद्यार्थी संगठनहरूले भागबण्डा गर्ने सहमति गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच क्याम्पसमा हुने निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच गठबन्धन गर्ने सहमति भएको हो।

सहमति पत्रमा अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशी, नेविसंघका कार्यवाहक अध्यक्ष दिपक खाती, र अखिल क्रान्तिकारीका अध्यक्ष राजेन्द्र रावलले हस्ताक्षर गरेका छन्। सहमतिलाई औपचारिक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

सहमति अनुसार अनेरास्ववियुले दुई, नेविसंघले दुई र अखिल क्रान्तिकारीले एक क्याम्पसमा नेतृत्व लिनेछन्। अपिनाम्पा क्याम्पस हुती र राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघले, कृष्ण स्नातक क्याम्पस लाली र लटिनाथ क्याम्पस मार्मामा अनेरास्ववियुले, भने शंकरपुर क्याम्पस पस्तीमा अखिल क्रान्तिकारीले नेतृत्व लिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय