दार्चुला – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेश भ्रमणमा आउने भएका छन्। भ्रमणका क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुका साथै विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छन्।
प्रदेशसभा सचिवालयका अनुसार ओलीले आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि पनि नेकपाको सरकार हुँदा उनले प्रदेशसभालाई सम्बोधन गरेका थिए।
यस्तै, ओलीले सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्, जहाँ एक हजार तीन सय ७७ जना विद्यार्थी दीक्षित हुँदैछन्। त्यसैगरी, उनले धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटनसमेत गर्ने कार्यक्रम छ।
