दार्चुला – बैतडीको पुर्चौडी नगरपालिका-८ का ४६ वर्षीय सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी भएका छन्।

बोहरा डिलासैनी माध्यमिक विद्यालय मल्लादेहीका विद्यार्थी हुन्। उनले छोरी डम्मरासँगै सोही विद्यालयबाट अध्ययन गरिरहेका छन्। अहिले उनीहरू कक्षा ८ को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परीक्षा दिइरहेका छन्।

सानो उमेरमा कक्षा ५ सम्म मात्र पढेका बोहराले पछि छोरीसँगै कक्षा ६ बाट पुनः अध्ययन थालेका थिए। उनी हाल सोही विद्यालयमा विद्यालय कर्मचारीको रूपमा पनि कार्यरत छन्।

नेपालको संविधानले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेकाले सोही लक्ष्य प्राप्त गर्न आफूले पढाइ पुनः थालेको बोहराले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय