दार्चुला। जिल्लाको शैल्यशिखर नगरपालिका-९ नङ्तडमा भन्सार छली गरिएको आठ क्विन्टल चिनी फेला परेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट खटिएको मोबाइल चेकप्वाइण्ट टोलीले फागुन २६ गते बेवारिसे अवस्थामा रहेको म १ ज ३२४ नम्बरको सवारी साधनबाट उक्त चिनी बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति (एसपी) देवराज जोशीका अनुसार बरामद गरिएको चिनी आवश्यक कानुनी प्रक्रिया पूरा गरी फागुन २७ गते भन्सार कार्यालय, दार्चुलामा बुझाइएको छ।
सम्बन्धित निकायहरूले घटनाको छानबिन अघि बढाएका छन्।
