दार्चुला – त्रिभुवन विश्वविद्यालय अन्तर्गत दार्चुलाका पाँच वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमार्फत पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन्। विद्यार्थी संघ संगठनहरूबीच सहमतिमै उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रियालाई सहज बनाइएको हो।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उम्मेदवारहरू विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन्। क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन विष्टका अनुसार विद्यार्थी संगठनहरूबीच पूर्वसहमति भई भागवण्डाका आधारमा उम्मेदवारी दर्ता गरिएको थियो।
निर्वाचित पदाधिकारीहरूको नामावली यसप्रकार छ:
कृष्ण स्नातक क्याम्पस, लाली
सचिव: नरेश प्रसाद जोशी
सदस्य: मनिषा कुवर
शंकरपुर क्याम्पस, पस्ती
अध्यक्ष: जानकी टमटा
सह-सचिव: जय सिंह धामी
सदस्यहरू: गोदावरी जोशी, देवकी मिश्र, गिता मिश्र
अपिनाम्पा क्याम्पस, हुति
कोषाध्यक्ष: सरिता डडाल
सदस्य: बसन्त कुवर
लटिनाथ क्याम्पस, मार्मा
उपाध्यक्ष: रेश्मा बिष्ट
सचिव: पारस सिंह धामी
सदस्यहरू: जयन्ती धामी, सरिता बिष्ट
निर्वाचित विद्यार्थी नेताहरूले आफ्नो कार्यकालमा विद्यार्थी हकहितको संरक्षण, शैक्षिक विकास तथा क्याम्पस स्तरीय समस्याहरू समाधान गर्न पहल गर्नेप्रतिबद्धता जनाएका छन्।

