दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नं ५ मैखोली अम्कुरुमा रहेको श्री लटिनाथ आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। शिक्षा ऐन २०७७ तथा संशोधित शिक्षा ऐन २०२८ अनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो।

विद्यालय अभिभावक भेलाको अध्यक्षता जेष्ठ सदस्य त्रिलोक जोशीले गरेका थिए। भेलाले विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी छलफल गर्दै सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको हो।

नयाँ विद्यालय व्यवस्थापन समितिमा हरीदत्त जोशी अध्यक्ष चयन भएका छन्। अनिता जोशी, त्रिलोक जोशी, दिपा जोशी, श्याम राज जोशी सदस्यमा चयन भएका छन्। जनप्रतिनिधि सदस्यका रूपमा शंकर दत्त जोशी, सदस्यका रूपमा देव राज जोशी, शिक्षक प्रतिनिधि सदस्यका रूपमा केशव राज जोशी र सदस्य सचिवमा दुर्गा कलौनी चयन भएका छन्।

बैठकमा त्रिलोक जोशी, परमानन्द जोशी, हरीदत्त जोशी, शंकर दत्त जोशी, लोकराज जोशी, दामा जोशी, देवराज जोशी, बसन्ती जोशी, गीता जोशी, दिपा जोशी, अनिता जोशी, कपिल जोशी, नरेश जोशी, पूजा जोशी, देव राज जोशी, केशव राज जोशी, रमपती जोशी, श्याम राज जोशी, चुद्रदेव जोशी, हिरा जोशी, विमला जोशी, द्रौपती जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय