
सिन्धुपाल्चोक। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्।
सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै कटाक्ष गरे। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताएका छन्।
‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’ आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ? नेपाली जनताले बिर्सियो भन्ठानेको?’
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने धारणा राखेको उल्लेख गर्दै, त्यसबेला सरकारबाट बाहिरिनु नपरेको भए भाइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा उभ्याइसक्ने बताएका छन्।