दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका-२ सुण्डमुण्डमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। स्थानीय ६४ वर्षीय नरबहादुर ठगुन्नाको सोमबार दिउँसो बाख्रा चराउने क्रममा भिरबाट लडि ज्यान गएको हो।

स्थानीय सरिता ठगुन्नाका अनुसार, ठगुन्ना हिजो बेलुकीसम्म पनि घर नर्फिएपछि खोजी गर्दा मंगलबार बिहान उनको शव फेला परेको थियो। मृतकका श्रीमती, तीन छोरा, तीन छोरीसहित परिवारका अन्य सदस्यहरू रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय